बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन तथा ७३औँ वार्षिक साधारणसभासँगै सम्पन्न निर्वाचनमा पौडेलले ६३३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरे । अध्यक्ष पदमा पौडेल २४ मतको अन्तरले विजयी भएका हुन् । निर्वाचन समितिले सोमबार सम्पन्न मतदानको परिणाम अहिले सार्वजनिक गरेको हो । निर्वाचनबाट संघका अन्य पदाधिकारी तथा सदस्यहरू पनि चयन भएका छन् ।
निर्वाचन परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा वसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा टिकराम बनजाडे र सचिवमा दीपकप्रसाद चापागाईं निर्वाचित भएका छन् । सहकोषाध्यक्षमा कमला पौडेल शर्मा पराजुली (मञ्जु) निर्वाचित भएकी छन् ।
एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल निर्वाचित भएका छन् । संघको उद्योगतर्फको सदस्यमा ज्ञानबहादुर पुन, गोपाल टण्डन, लेखनाथ भण्डारी र सुनीता शर्मा बन्जाडे निर्वाचित भएका छन् । त्यस्तै, वाणिज्यतर्फको सदस्यमा रामबहादुर भण्डारी, गणेशप्रसाद भट्टराई, सरिता गिरी, उमेश अमात्य, विजय बर्णमाल, कमला पन्त लगायत सदस्य निर्वाचित भएका छन् ।

