२८ आश्विन २०८३, बुधबार 12:12 pm
समाचार

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु

कैलाली : धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ जे गाउँ बस्ने ४७ वर्षकी लालमोती चौधरीको मृत्यु भएको हो।

चौधरीलाई आफ्नै घरको नल्कामा मंगलबार साँझ पानी तान्ने मोटरबाट करेन्ट लागेपछि उपचारको नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।