काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–६, धर्मस्थली बस्ने ४६ वर्षीय चन्द्र दमाई केसी हुन्।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार, जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका उनी गत वर्ष भदौ २५ गते जेनजी आन्दोलनका क्रममा फरार भएका थिए।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर पुनः केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

