८ कार्तिक २०८३, आइतबार 3:43 pm
Banner

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ : काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेकपोस्टमा शनिबार गरिएको जाँचका क्रममा उक्त पदार्थ बरामद गरिएको हो ।

प्रहरी वृत्त थानकोट र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने २९ वर्षीय युवराज लामाको साथबाट उक्त पदार्थ फेला पारेको हो ।

प्रहरीले लामालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन् ।