काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । टियु क्रिकेट मैदानमा अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा आज जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमने सामने हुँदै छन् ।
जारी प्रतियोगितामा जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको छ भने काठमाडौंले आफ्नो पहिलो खेल खेल्दै छ । त्यसैगरी आज साँझ ५ बजेदेखि सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दै छन् ।
कर्णाली याक्सले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने विराटनगर किंग्सले पहिलो खेलमा चितवन राइनोजसँग हार बेहोरेको थियो ।

