३० जेष्ठ २०८२, शुक्रबार 1749800255
Banner

१० बुँदे सहमतिलाई लत्याएर माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जीवनकै ठूलो गल्ती गरेको आरोप लगाउनुभएको छ ।

एमाले फुटेको झण्डै एक वर्षपछि घनश्याम भुसालले आज फेसबुकमा एउटा स्टाटस लेख्दै माधव नेपालले आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेको बताउनुभयो ।

“आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्त्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठुलो गल्ती गर्नुभएको छ” नेता भुसालले भन्नुभएको छ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्ने विरोध गर्ने तर आफूले २० प्रतिशतमा पार्टी विभाजन गर्ने घटनाले उहाँको दोहोरो चरित्र देखिएको उहाँको टिप्पणी छ ।

“कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि हुनुहुन्थ्यो” नेता भुसालले भन्नुभएको छ,“त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेको थिए भन्ने कुरा धर्तीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।”