सर्वोच्च अदालतले आगामी फागुन १ देखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बिहीबार बसेको पूर्ण बैठकले कोरोना संक्रमणदर घट्दै गएकाले आगामी फागुन १ देखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको जनाएका हुन् ।
यसअघि अदालतको माघ ४ गते बसेको पूर्ण बैठकले माघ ५ सेवा कटौती गरेको थियो । यस समयमा अत्यन्त जरूरी प्रकृतिकाका रिट, बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ हुदै आएको थियो ।