२३ भदौ २०८३, मंगलबार 1788895384
अपराध

हत्या गरेको आरोपमा एक ‘अघोरी बाबा’ पक्राउ

बोल्न नसक्ने व्यक्तिको हत्या गरेको आरोपमा प्रहरी एक ‘अघोरी बाबा’लाई पक्राउ गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडी ३५ वर्षीय शिव गिरी ९अघोरी० लाई प्रहरीले हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

अघोरीले बोल्न नसक्ने, नामथर, वतन नखुलेका आन्दजी ४०–४५ वर्षीय पुरुषलाई दाउराको चिरपट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फर्पिङमा प्राप्त सूचनाका आधारमा खटेको प्रहरीको टोलीले घाइतेलाई तत्कालै उपचारको लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङमा पठाइएकोमा थप उपचारको लागि वीर अस्पताल रिफर गर्दा घाइतेको उपचारको क्रममा आज मृत्यु भएको हो ।

घटनामा संलग्न रही फरार रहेका ९अघोरी० लाई प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ