२३ आश्विन २०८३, शुक्रबार 12:39 am
Banner

नागरिकता विधेयक फिर्तामा राष्ट्रपतिलाई विवादमा नल्याऔं : विशाल भटटराई

काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा नल्याउन आग्रह गरेको छ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद विशाल भट्टराईले आफ्नो अधिकार प्रयोग गरेर राष्ट्रपति भण्डारीले पुनरविचारका लागि नागरिकता विधेयक संसदमा फिर्ता गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक दलहरु विभाजित हुनुहुँदैन। राजनीतिक दलहरुबीच सहमति कायम गरेर नागरिकतासम्बन्धी निर्णय गरौं।

राष्ट्रपति भण्डारीले काननुविदहरुसँग बृहत छलफल गरेर राष्ट्र हितका लागि सो विधेयक फिर्ता गरेको उहाँको भनाइ छ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको विषयलाई एमालेसँग नजोड्न समेत आग्रह गर्नुभयो । भट्टराईले भन्नुभयो प्रधानमन्त्रीज्यूसँग समेत परामर्श गरेपछि राष्ट्रपतिले विधेयक फिर्ता गर्नु भएको हो। राष्ट्रपतिलाई विवादमा ल्याउन आवश्यक छैन।