१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 11:36 pm
Banner

आम निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

सूचना प्रेस २०७९ श्रावण ३१ मंगलबार ००:००, १९:४७ बजे १ मिनेट पढाइ

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ७६ राजनीतिक दल दर्ता भएका छन् । साँझ ५ बजेसम्म दर्ता भएका राजनीतिक दलको संख्या ७६ पुगेको आयोगले जनाएको हो ।

निर्वाचन आयोगमा साउन २० गतेसम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ७६ राजनीतिक दल मात्रै दर्ता भएका हुन् ।