२३ आश्विन २०८३, शुक्रबार 1:38 am
समाचार

युवासंघले उठायो कालोपुलको फोहोर

काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले कालोपुल क्षेत्र वरपरको फोहोर उठाएको छ। युवा संघले काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा रहेको फोहोर उठाएको हो ।

कालोपुल क्षेत्रमा बांकी रहेको फोहोर भोली उठाइने युवा संघका केन्द्रिय सदस्य प्रेम दाहालले बताउनुभयो । काठमाडौ उपत्यकामा फोहोर बढेपछि एमाले निकट राष्ट्रिय युवा संघ नेपालले फोहोर उठाउन थालेको छ ।