१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 9:46 pm
Banner

एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ: प्रदीप ज्ञवाली

सूचना प्रेस २०७९ भदौ १ बुधबार ००:००, ०६:४४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बाताउनुभएको छ । उहाँले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीतिक योजनाका साथ जनतासामु जान लागेको बताउनुभयो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका नेता ज्ञवालीले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपिपी, आर्थिक सङ्कट तथा भ्रष्टाचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिका लागि योजना बनाएर चुनावमा जान तयार भएको बताउनुभयो ।