२६ जेष्ठ २०८३, मंगलबार 1781065643
Banner

बञ्चरेडाँडामा आजपनि तनाव, फोहोर फाल्न नदिने एकजना पक्राउ

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ। स्थानीयको विरोधका बीच प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजान खोज्दा झडप भएको हो।

सो क्रममा नुवाकोट प्रहरीले स्थानीय एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी प्रवक्ता रुपक खड्काका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा दिपेश कार्की रहेको खड्काले जानकारी दिए।

जबरजस्ती फोहोर बन्चरेडाँडामा फाल्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन्।