९ मंसिर २०८१, आइतबार 1732466309
समाचार

सेन्ट जर्ज स्कुलले २०७८ सालका एसईई दिने विद्यार्थीलाई सम्मान गरयो

काठमाडौं । काठमाडौं ५, हाँडीगाउँ स्थित सेन्ट जर्ज स्कुलले २०७८ मा एसईई दिने विद्यार्थीहरुलाई सम्मान गरेको छ। काठमाडौं महानगरपालिका वडा नं ५ बाट निर्वाचित वडाका जनप्रतिनिधिहरुलाई समेत सम्मान पत्रका साथ सम्मान गर्‍यो । सम्मानित हुने जनप्रतिनिधिहरुमा अध्यक्ष बिरेन्द्र प्रजापति र सदस्यहरु क्रमश आरती सुनार, मिना सिंह प्रजापति, शशी थापा,विजय कर्मचार्य हुनुहुन्थ्यो । वडा सदस्य आरती सुनुवार महानगरपालिका कि सबैभन्दा कान्छी सदस्य हुन भने सुनारले नर्सरीदेखि १० कक्षासम्म यसै सेन्ट जर्ज स्कुलमै अध्ययन गरेकी थिइन ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहलको अध्यक्षता एवं वडा अध्यक्ष बिरेन्द्र प्रजापतिको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानअध्यापक मेघराज बजगाईंले सबै विद्यार्थीहरुले स्कुल पढ्ने बेला विद्यालयले भनेका गरेका सबै कुरा विद्यार्थीलाई नराम्रो लाग्ने तर जब विद्यालय छोडेर जाने बेला हुन्छ अनि बल्ल ती भनेको कुरा आफ्नै लागि रहेछन भन्ने कुरा थाहा हुँदा ढिला भैसकेको हुने बताए। त्यसैले जहिले पनि विद्यालयमा भनिएका हरेक कुरा प्रत्येक विद्यार्थीको हितमा हुने गर्दछन भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष बिरेन्द्र प्रजापतिले सेन्ट जर्ज स्कुल यस ५ नं वडाको पुरानो विद्यालय भएको बताए । कुनै बेला आफू पनि यस विद्यालयको संचालक रहेको कुरा उल्लेख गर्दै यस विद्यालयसँग गहिरो सम्बन्ध रहेको बताए । विद्यालयले अब २१औं शताब्दी सुहाउँदो शिक्षा दिनुपर्ने र चौतर्फी कुरामा ध्यान दिनुपर्ने बताउँदै आउँदा दिनमा अझ बढि प्रगति गर्दै जानेछ र सरोकारवालाहरुसँग समन्वय गर्दै अगाडि बढ्नेछ भन्ने कुराको विद्यालयलाई सुझाव दिए ।

कार्यक्रममा कक्षा १० र ९ मा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने गत साल एसईई दिने विद्यार्थीहरुलाई सम्मान एवं विदाई गरिनुका साथै विषयगत शिक्षक शिक्षिकालाई पनि सम्मान गरिएको थियो।

सोहि कार्यक्रममा सेन्ट जर्ज विद्यालयकी पूर्व छात्रा सरिता जिरेल क्यान्सर जस्तो प्राण घातक रोगबाट ग्रसित भएका कारण विद्यालय परिवारबाट आर्थिक सहयोग स्वरुप उपचारका लागि सहयोग पुर्‍याउने उदेश्यका साथ आर्थिक संकलन गरि सरिताका बुवालाई रु १६५०० रकम हस्तान्तरण गर्ने समय उसका साथीहरूले कार्यक्रम स्थलबाट अरु उठेको रकम गरि करिव २२००० भन्दा बढि रकम हस्तान्तरण गरियो। यस महान कार्यमा साथ दिनु हुने सबै अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शुभचिन्तक सबैमा विद्यालय व्यवस्थापन समितिक अध्यक्ष प्रल्हाद दाहाल र प्र।अ मेघराज बजगाईले मुरिमुरि धन्यवाद ज्ञनपन गर्दै विद्यालयले आफ्ना विद्यार्थी एवं कर्मचारीहरुलाई सधैं आफ्ना परिवारको रुपमा सुख दुस्खमा सगैं रहने बताए ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, दृश्य सहकारीका संचालक हुद्वराज तिमल्सिना, पूर्व विद्यार्थी एवं समाजसेवी लक्ष्मण शर्मा, विद्याकयका संचालक मनोज दाहाल,अभिभावक एवं विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । अन्त्यमा कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले एसईई २०७८ मा राम्रो ग्रेड ल्याउने विद्यार्थीहरुलाई हार्दिक बधाई दिंदै आउँदा दिनमा विद्यालयलाई नबिर्सन सबै विद्यार्थीलाई आग्रह गरे । अरु सबै कुरा परिवर्तन भए पनि आफू पढेको विद्यालयको नाम भएको प्रमाणपत्र जिन्दगीभर बोकेर हिडिने र त्यो कहिल्यै परिवर्तन हुन नसक्ने कुरा बताउँदै अहिलेको समय अनुसार विद्यालयले कम शुल्कमा अभिभावकको चाहाना अनुसार शिक्षा दिन सकेकोमा सन्तुष्टि रहेको बताए । यस विद्याकयले जहिले पनि सरकारी निकायसँग नजिक रहेर हरेक कुरामा सहकार्य गर्ने गरेको कुरा जनप्रतिनिधिहरु सामु बताए । अब आउँदा दिनमा अझ सम्बन्ध प्रगाढ रहने कुरा बताउँदै अन्त्यमा कार्यक्रममा हर तवरले सहयोग पुर्‍याउने सबैजनालाई विद्यालय परिवारको तर्फबाट विशेष धन्यवाद प्रकट गरे ।