१९ आश्विन २०८३, सोमबार 8:22 pm
Banner

मनास्लु हिउँ पहिरोमा घाइते भएका सबैको उद्धार

काठमाडौं । मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका सबैको उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार गरिएको बताउनुभयो ।
सोमबार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो भने आज ९ जना घाइतेको उद्धार गरिएको हो।

मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमबार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए।

घाइतेमध्ये एक जना आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो।

सात जना घाइतेलाई आज काठमाडौं ल्याइएको छ।