८ मंसिर २०८१, शनिबार 1732344422
Banner

भुइँमा न भाँडाका भीम रावल अब भुइँमा

१.पृष्ठभूमि

भष्मासुर नामका एक व्यक्तिले भगवान् शिवको तपस्या गरेर प्रशन्न पारे । अनि शिवले के बर माग्छौ माग भने । भष्मासुरले मैले जसको सिरमा हात राख्छु त्यो मानिस भष्महोस् यही वर मलाई दिनु होस् भन्यो । वचनबद्ध भएका शिवले बर दिन बाध्य हुनुप¥यो त भष्मासुर शिवकै सिरमा हात राख्न आइलाग्यो । विचरा शिव भागाभाग गर्नु प¥यो । अनि भगवान् शिवले अर्कै रुप धारण गरेर भष्मासुरलाई शिवले दिएको आशीर्वाद नै सही हो के ? मलाई त धेरै शंका लाग्छ । त्यसैले आफ्नै हात आफ्नै थाप्लामा राखि हेर,थाहा भइहाल्छ नि भनेछन् । हो त भनेर भष्मासुरले आफ्नो सिरमा हात राखेर आफैँ भष्म भएका थिए रे । यो कथा एउटा प्रतीकात्मक भए पनि यसैसित मिल्दो कर्म डा. भीम रावल ने.क.पा. एमाले पार्टीभित्र गरिरहेका छन् । यसैका बेलिबिस्तारमा यो लेख केन्द्रित छ ।

२.रावलको पार्टी विरोधी वितण्डा
विशेषतः के.पी.शर्मा ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भएपछि रावल सामान्य अनुशासन विपरीतका कर्ममा क्रमशः लागे । सुरुमा डा. सुरेन्द्र केसीका अनु्सार पनि ओलीको प्रशंसामा निर्लिप्त भएर लागे तर यस्ता कुरामा भर नगर्ने ओलीको स्वभाव थाहा पाएर उहाँको उछित्तो काड्न रावल लागि परे । उनको पहिलेदेखिको यस्तो स्वभावबारे यो लेखक जानकार छ । लेख लम्बिने डरले अहिले उल्लेख गर्न सकिएन ।

नेता विष्णु रिजालले नै पनि भुसाल र रावलको चिनाटिपन एक अन्तर्वार्तामा बताएका छन् । उनका अनुसार रावल संसदमा पार्टी अनुशासन नमान्ने, त्यस विपरीत अराजक रुपमा बोल्ने,पार्टी ह्वीप उल्लङ्घन गर्ने, संसद्मा पार्टीले विश्वासको मत लिँदा बहिष्कार गर्ने,परमादेशी सरकारका देश र जनता विरोधी तमाम विषयमा मौन बस्ने जस्ता कृत्य रावलले गरे । यो कुरा यसलेखकलाई पनि राम्ररी थाहा छ । घोडे जात्रा,गोरु जात्राको पनि केही अनुशासन हुँदो हो तर पार्टीका कुनै पनि अनुशासनलाई ठाडै उल्लङ्घन गर्ने रावल कसरी नेता हुुन्छन् ।

रावल आफ्नै सरकार ढाल्न रावल न्वारानदेखिको बल लगाएर लागि परे, यस विषयमा अनावश्यक रुपमा राष्ट्रपतिलाई समेत लान्छित गरे । रावलले पार्टी अध्यक्ष ओलीलाई आइमाईको अङ्ग फेरेको, प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको ,अहं र घमण्डले भरिएको,नेकपा विघटन गर्ने ,पार्टीलाई नीति,विधि र सिद्धान्त विपरीत अलोकतान्त्रिक तरिकाले सञ्चालन गर्ने र इमानी नेतालाई पार्टीबाट हटाउन खोजेको आदि नानाथरि फतुर लगाए । यस्तै यस्तै अन्तिम वितण्डा रावलले पत्रकार सम्मेलनमा गरे ।

३.आफ्नै छायाबाट तर्सिँदै रावल
जननेता मदन भण्डारीले आफ्नो एक कवितामा कुनै पनि मानिस तीन कुराबाट रिसाउँछ । एक आफूले गल्ती गरेपछि, कि तर्कहीन हुँदा र हार्ने अवस्था आउँदा खूब रिसाउँछ । अहिले रावल सबै हिसावले आफैँ माथि रुष्ट छन् ,ग्लानि बोधले छटपटिएका छन् । यस्ता कुरा मानिसका लाली,बोली र भाव भङिगमा वा बडिल्याङ्वेज बाट पनि अवगत हुन्छ । रावललाई आफूले गरेका विगतका गल्तीबाट पछुतो भएको छ तर स्वीकार्न सकिरहेका छैनन् , उनले आफैँसित माफ माग्दा पनि हुने थियो । एउटा कवितामा प्रतीकात्मक रुपमा आत्मालोचना गरेर अध्यक्षलाई दिँदा पनि हुन्थ्यो तर संसद् विघटन गरेकामा ओलीलाई प्रतिगामी भनेर तीनबित्ता उफ्रिए पनि ती सब कुृरा परिणामबाट गलत सिद्ध भएपछि उनी आफैँ छायाँबाट तर्सिएका छन् । प्रधानन्यायाशीधबाट चोलेन्द्र शमशेरबाट खुलस्त भएपछि रावल मूचर््िछत भएका छन् ।

४.रावलको पार्टी विरोधी जारी अभियान
रावलले यही असोेज २७ गते कथित पत्रकार भेटघाट कार्यक्रममा १५ वटाजति श्रव्यदृश्य मिडियामा पार्टी विरोधी अन्तिमजस्तै जात्रा गरे । एमाले जस्तो पार्टीविरुद्ध देशी विदेशी प्रतिक्रियावादी शक्रि ज्यान फालेर लागेका अवस्थामा रावलका पक्षमा सबै एकजुट हुनु अचम्म नै होइन । केको न्यानो जस्तैमा रावल रमाउँछन् भने केही भन्नु छैन । तमासा हेर्न र त्यसमा थपडी बजाउनेको कमी हुँदैन । रावलले मुखमा राम राम बगलीमा छुराझैँ पार्टी र अध्यक्षका विरुद्ध धारिलो छुरा चलाए । पार्टीलाई समूल समाप्त पार्न त्यसको जरा वा पार्टी नेतृत्वमै प्रहार गर्ने कुनियत रावलको देखिन्छ । अरु बेला एक घण्टे टीभी अन्तर्वार्तामा अध्यक्षका विरुद्ध तथानाम बक्न भ्याउँछन् तर ओली सरकारले केही राम्रा काम गरेका भने पनि ती कुरा अहिले भन्न भ्याइँदैन भनेर पन्छिने धुत्याइँ प्रदर्शन गर्छन् । उनको प्रेस विज्ञप्ति पार्टी विरोधी बिसैबिसले भरिएको देखिन्छ । पार्टी परित्याग गर्दिन भन्दै यहीँ बसेर गोरु जात्रा गरिरहने सोचमा रावल देखिन्छन् । भुसाल र रावलले सल्लाह गरेर एक जना भित्र र अर्को बाहिर बसेर एमाले पार्टी र अध्यक्ष विरुद्ध एकसाथ आक्रमण गर्ने योजनामा रहेको यस लेखकको निचोड रहेको छ । देश र जनता विरुद्धको गठबन्धनलाई परास्त गर्न तत्कालका लागि भए पनि यथास्थिति विरोधीहरुलाई पराजित गर्न एमालेको चुनावी तालमेल गर्नु अपरिहार्य अवस्था छ । पञ्चायत विरुद्ध बाम र काङ एकताबद्ध भएर लागे जस्तै नेपाललाई युक्रेन बन्न नदिन असंलग्न परराष्ट्र नीतिलाई पुनः कायम राखी देशको मात्र होइन सम्भावित तेस्रो विश्युद्ध रोख्न तथा देशको स्वाधीनता ,अखण्डता र सार्वभौम सत्ताको जगेर्ना गर्न तालमेल अपरिहार्य छ । यसको विरोध गरेर रावल यथास्थितिको कट्टर पक्षधर देखिन्छन् । यसरी रावल चाहिँ प्रतिगामी र उग्रदक्षिण पन्थी बन्न पुगेका छन् । दसौँ महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिएर पराजित हुँदा पनि रिसले चुर हुन्छन् रावल । अनि हार स्वीकार नगरी उपद्रो मच्चाउँछन् । सल्लाहकार हुन पनि अस्वीकार गर्छन् । यस्तै संस्कारको नेताले मातहतलाई के शिक्षा दिन्छ कमरेड ? ओलीले भनेर्झैँ रावललाई मित्रलाई मित्रको आँखाले हेर्न त आउँदैन रहेछ । पार्टी नीति,नियम र अनुशासन भनेको स्वाँगे कुरा हो र देखाउटी र कुरा मात्र कथुर्ने विषय हो र ? गोहीले झैँ छाला खुइल्याउने गरी चाटेर पार्टीलाई माया गरेँ भन्न सुहाउँछ ? जथाभावी बोलेर मात्र हुन्छ कि पार्टी हितमा सिन्को पनि भाँच्नुपर्छ कमरेड रावल । एमालेमा माधव नेपाल वा झलनाथ खनालको प्रमुख नेतृत्व रहेको भए यो पार्टी पार्टी रहने थिएन र लालमण्डले हुँदै जननेता मदन भण्डारी र जबजको समाप्ति हुने थियो तर मदन भण्डारी फाउन्डेसन नामको आपतकालीन ÷इमर्जेन्सी मार्ग तम्तयार रहेकाले तिनको खुराफातलाई तहलगाइन्थ्यो । किनकि एउटा घोडा पनि के कस्तो आपत् कतिखेर आइपर्छ भनेर आफ्नो एउटा खुट्टा नटेकी उभ्भिरहेको हुन्छ । ओलीदेखि मोदी त झस्किन्छन् भने सत्यसित नलड्ने र शक्तिसित कहिल्यै नझुक्ने ओलीसित चानचुनेको के अर्थ ? फेरि एक्लो ओली होइन नि इमान,जमान र अडान भएका तमाम नेता कार्यकर्ता र जनता छन् क्या । रावल आफूले टिकट नपाए पनि टिकट पाएका उम्मेद्वारलाई के कसरी सहयोग गर्छन् हेर्नु छ । किनिकि ढाँटको निम्तो खाइ पत्याउनु पर्छ । अनेक कुतर्क गरेर पार्टी र अध्यक्ष विरुद्ध रावलले गरेका प्रलापहरु विज्ञ नेता र कार्यकर्ताले जानेबुझेकै छन् । तर रावलले पत्रकार सम्मेलनमा गरेका अनेकौँ भड्काउ कुराबाट उनले भित्रभित्रै चुनावमा पार्टीलाई असहयोग गर्ने सम्भावना बढी देखिन्छ । पार्टी अध्यक्ष ओलीसित मात्र होइन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माथि संसद्को अन्तराष्ट्रिय समितिमा समेत सामान्य मर्यादा विपरीत रावल अभद्र प्रस्तुति गर्दै थिए । ओलीसित जोडिएर देश र दुनियाँमा नाम चलाउन सहज होला ।तर फूलको संगतले किरा देउताको सिरमा पुगे कीरा फूल हुँदैन ।

५.रावलको एउटै सूत्र, ओली विरोध
रुखलाई समूल उखेल्ने हो भने त्यसको सबै जरा उखेल्नु पर्छ र यस काममा रावल भित्रभित्रै पूरै लागि परेको देखिन्छ । भुसालले जबजको च्याप्टर क्लोज गर्छु भन्दा र्एक शब्द बोलेनन् । अहिले पनि मदन भण्डारी भन्दा आफू बाठो भएको र धेरै त्याग गरेको फुईँ गर्छन् । ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्काशन गर्दा रावल बोलेनन् । नवौँ पार्टी महाधिवेसनमा ओलीको मृत्यको कामना गर्दा पनि उनी चुप्प लागेर बसे । राज्यको फौजदारी कानुन आकर्षित हुने लिखित अभियोग लगाउँदा यिनले ताली बजाए । ओलीलाई हटाएर प्रचण्ड प्रधानमन्त्री भएर ओलीको राजनीतिक जीवन समाप्त पार्ने खेल हुने अवस्था थियो । कार्यवाहीमा परेका १३ जना एमाले सांसद्लाई सभामुखले कार्यवाही प्रक्रिया अगाडि बढाएनन् । यही विषयलाई आधार बनाएर पार्टीले सदन अवरुद्ध गर्न बाध्य हुनु प¥यो । यसको पनि विरोध गर्ने तपाईहरुको पार्दा विरोधको अगुवाइ गर्ने रावल नै हुन् । रावलले ओलीमा आत्म प्रशंसा दम्भ, र परपीडक मानसिकता छताछुल्ल भएको बताइरहे । अध्यक्षलाई पानीले पखालेझैँ पखालीरहे । यही काम गर्न रावलले सभासद् किन बन्नुप¥यो ? सडकपेटीमै बसेर जात्रा गरे हुन्न रावलजी ? पत्रकार सम्मेलनमा पनि आधा समय बालुवाटार र आधा समय अस्पताल भनेर ओलीको सत्तोसराप गर्ने रावलले ओली कार्यकालका पार्टी र सरकारका बहुआयामिक विकास निर्माणका नमुना काम सम्झिए भने पनि मूच्र्छा पर्छन् । यस्तो नेता र प्रधानमन्त्री र सरकार रावलले देखेका नै थिएनन् । यिनलाई त ¥याले सिँगाने, मकै भुटेझैँ बोल्ने र देश र जनताका लागि माखो नमार्ने अध्यक्ष र प्रधानमन्त्री चाहिएको थियो । रछ्यानमा बानी परेकालाई ओछ्यान गन्हाउँछ । झिँगाको संगतमा बानी परेकालाई भँमराको संगत पटक्क मन पर्दैन ।

६.उपसंहार
रावलको प्रायोजित पत्रकार सम्मेलन उनको पार्टी विरुद्धको क्लाइमेक्स हो । कमिलाको अन्त्य अवस्थामा पखेटा पलाउँछ । निभ्ने बेलाको बत्ती निक्कै तेजले बल्ने गर्छ । धेरै उम्लिए पछि पोखिनु बाहेक अरु उपाय हुँदैन । पत्रकार सम्मेलनमा पनि रावल माकुनेको बचावमा ढाल बनेका थिए र ओली र पार्टीमाथि तरवार चलाइरहेका थिए । रावलको बोलाइको जोण कोण बुझ्ने जो कोहीले यो कुरा सजिलै बुझ्न सक्छन् । ०४६ सालको पूर्वसन्ध्यामा भारतीय सेना नेपाल भित्र्याउन उद्यत तथा उमेश गिरीले मदन भण्डारी हत्याबारे आरापी माकुनेका दृढ समर्थक रावलबारे तमाम पार्टी पङ्ति अत्यन्तै सतर्क हुनुपर्छ । पुष्प कमल दाहाल मार्फत् ओलीको राजनीतिक जीवन समाप्त पार्ने मतियारदेखि सचेत हुनु अहिलेको अपरिहार्य आवश्यकता हो ।

(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।)