२७ जेष्ठ २०८३, बुधबार 1781095314
Banner

चुनाव चिन्ह भएको टोपी प्रयोग गरेपछि आयोगले सोध्यो प्रचण्ड, नारायणकाजी र रविलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रवि लामेछानेलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका क्रममा चुनाव चिन्ह भएको टोपी प्रयोग गरेपछि आयोगले गोरखा २ का उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सोही पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठसमेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हतौडा संकेत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

साथै ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।