१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 10:38 pm
Banner

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सूचना प्रेस २०७९ कार्तिक २२ मंगलबार ००:००, १२:३८ बजे १ मिनेट पढाइ


बुटवल । रुपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको गैडहवा गाउँपालिका–२ मा गए राति भएको दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।

लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी श्यामु अर्यालले बताउनुभयो ।