१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 9:46 pm
राजनीति

काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमालेको घरदैलो : कृष्ण राई र रामेश्वर फुयाल मतदातामाझ

सूचना प्रेस २०७९ कार्तिक २२ मंगलबार ००:००, १३:३८ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाण्डौ महानगरपालिका क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन। आज नेकपा एमालेले क्षेत्र नम्बर ३ को २ नम्वर वडाको कागेश्वरी र मनोहरामा घरदैलो कार्यक्रमको आयोजना गरेको हो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण बहादुर राई र प्रदेश सभामा रामेश्वर फुयाल हुनुहुन्छ । उहाँहरुले मतदाता माझ पुगेर मत माग्नुभएको थियो । उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए ।