पोखरा । गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका छन् । ऊर्जा मन्त्री आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै बर्खास्त गरेको एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेको आरोप छ ।
‘एमाले उम्मेदवारलाई भोट माग्दै हिँडेको सूचना आयो । गठबन्धन दलका नेताले मुख्यमन्त्रीलाई सूचना दिएपछि मुख्यमन्त्रीज्यूले बर्खास्त गर्न लाग्नुभएको सत्य हो,’ उनले भने ।