२७ भदौ २०८३, शनिबार 1789256674
Banner

नाइटक्लबमा अचानक अध्यक्ष ओली (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली दरबारमार्ग स्थित नाइट क्लब पुग्नुभएको छ ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा  र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी युवाहरुको निमन्त्रणालाई स्वीकार गर्दै अध्यक्ष ओली शुक्रबार मध्य राती १२ बजे दरबारमार्ग स्थित एलओडि क्लब पुग्नुभएको हो।

युवाहरू म्युजिकको तालमा झुमिरहेकै समयमा अध्यक्ष ओली क्लबमा पुग्दा युवाहरूको भिड झस्याङ्ग भएका थिए । अध्यक्ष ओलीको एक्कासि नाइट क्लबमा उपस्थिती देखेपछि त्यहाँका युवाहरु उत्साहित भएका थिए ।

क्लबमा पुगेर अध्यक्ष ओलीले युवाहरूलाई सम्बोधन गर्दै मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्दै एमालेको पक्षमा मतदान गर्न समेत आग्रह गर्नुभएको थियो ।

हेर्नुहोस् ओलीको पेजमा सार्वजानिक तस्वीरहरु :