काठमाडौं क्षेत्र नं ३ मा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जित आफ्नो पक्षमा पार्न नेकपा एमाले काठमाडौं ३ले घरदैलो अभियानलाई तीव्रता दिएको छ । काठमाडौं क्षेत्र नं ३ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण बहादुर राइ र प्रदेश सभा काठमाडौं ३ (२) का उम्मेदवार रामेश्वर फुयालले घर दैलो अभियानलाइ तिब्रता दिदै आएका छन ।
उम्मेदवारहरुले प्रचारप्रसार शैली फेर्दै घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुन थालेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं ४मा उम्मेद्वार सहित नेताकार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर घरदैलोमा निस्किएको नेकपा एमालेले क्षेत्र नं ३ का उम्मेदवारहरुले घरदैलो गरेका छन । उनीहरुले घरदैलो मात्र नगरी टोलटोलमा भेला पनि गर्दै नेकपा एमाले र सुर्य चिन्हमा मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गर्दै आएका छन भने उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउदै आएका छन । एमालेको सरकारको पालामा थुपै विकासका काम भएको स्मरण गराउर्दै पुन पनि एमालेको ओली नेतृत्वको सरकार बनाउनको लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाइ अनुरोध गरेका थिए । एमालेको विकल्प कोही हुन नसक्ने भन्दै मतदाता साथ दिन तयार रहेको बताएका थिए ।