३० कार्तिक २०८१, शुक्रबार 1731715382
राजनीति

मजदुरका समस्या समाधान एमालेले मात्रै गर्छः बालकृष्ण शिवाकोटी

दोलखा – नेकपा एमाले दोलखाका नेता तथा प्रतिनिधि सभा सदस्य उम्मदेवार बालकृष्ण शिवाकोटीले एमाले पार्टीले मात्रै मजदुरका समस्या समाधान गर्ने बताउनुभएको छ।

आइतबार बिहान जिफन्ट दोलखाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा शिवाकोटीले प्रतिनिधि सभा सदस्यमा आफू निर्वाचित भएपछि हरेक मजदुर वर्गले महसुस गर्ने गरी काम गर्ने बताउनुभयो ।

उहाँले श्रमिकको हकहितका लागि कुनै कसर बाँकी नराख्ने र मजदुरलाई न्याय दिलाउन आफू प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो । कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रदेशसभा १ का उम्मेदवार नरबहादुर श्रेष्ठले मजदुर वर्गका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनु भएको छ । श्रेष्ठले मजदुरका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताउनु भएको हो ।

उहाँले मंसिर ४ गतेको निर्वाचनमा आफूहरुको जित पक्क भएकोले मजदुरहरुको हित हुने गरी ऐन कानून  निर्माण गर्ने र सो को कार्यान्वयनका लागि काम गर्ने बताउनुभयो ।

प्रदेशसभाका उम्मेदवार श्रेष्ठले आफू मजदुर वर्गको मुक्तिका लागि अनवरत संघर्षमा रहेकोले अब आउने निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरी जिताउन आग्रह गर्नुभयो ।