झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा अहिले प्रतिनिधिसभा सदस्यतर्फको मतगणना भइरहेको छ । गणनमा नेकपा (एमाले)का उमेदवार देवराज घिमिरेले सुरुवाती अग्रता लिएका छन् ।
अर्जुनधारा नगरपालिकामा जारी गणनामा ६०० मत गन्दा घिमिरेले २०० मत, सत्ता गठबन्धनका उमेदवार हरि रानाले १९८ र स्वतन्त्रत उमेदवार स्वागत नेपालले १०० मत ल्याएको निर्वाचन अधिकृतले बताएका छन् ।