१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 1:18 am
विश्व

ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

सूचना प्रेस २०७९ मंसिर १० शनिबार ००:००, १३:०५ बजे १ मिनेट पढाइ

ब्राजिलिया । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको  सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

ब्राजिलमा विद्यालयमा गोली चलाउने बन्दुकधारीले सेमी अटोमेटिक हतियार बोकेको क्यामेरा फुटेजमा देखिएको छ। अनुहार छोपेको सो व्यक्तिले सेनाको पोशाक लगाएको  देखिएको छ  ।  यद्यपि गोली प्रहार गर्ने व्यक्ति १६ वर्षीय भएको आशङ्का गरिएको छ । सीएनएनका अनुसार उक्त राज्यको राजधानी भिटोरियाबाट ५० माईल उत्तरमा रहेको सानो शहर अराक्रुजमा  सो आक्रमण भएको थियो।