२७ भदौ २०८३, शनिबार 1789275791
Banner

समानुपातिकतर्फ एमालेले कटायो २७ लाख मत

काठमाडौं – प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख मत कटाएको छ।

एक करोड ४२ हजार ५१४ मत गनिसक्दा एमालेले ताजा अवस्थामा २७ लाख ९०४ मत ल्याउन सफल भएको हो।

सुरुदेखि नै अग्रता बनाएको एमालेले समानुतिकतर्फ अग्रता कायमै राखेको छ। एमालेले नेपाली कांग्रेससँग करिब डेढ लाखको फराकिलो अन्तर बनाएको छ।

बुधबार दिउँसो १ बजेसम्म एमालेले २७ लाख कटाउँदा कांग्रेसले २५ लाख ५९ हजार ३९१ मत ल्याएको छ। उता माओवादी केन्द्रले ११ लाख ४५ हजार ३९१ मत ल्याएर तेस्रोमा छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १६१ मत ल्याएको छ।