काठमाडौं । स्याङ्जाको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार पदमा अर्यालले शुरुवाती अग्रता लिनुभएको छ ।
प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङभन्दा अर्याल ६०१ मतले अगाडि हुनुहुन्छ ।
बिहीवार बिहानसम्मको मतगणनामा अर्यालले २ हजार ३०४ मत पाउँदा गुरुङले १ हजार ७०३ मत पाएका छन् । विवादका कारण रोकिएको मतगणना बुधवार रातिबाट शुरू भएको हो ।
मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले १०० मत पाएका छन् ।