६ कार्तिक २०८१, मंगलबार 1729599405
शिक्षा /स्वास्थ्य

९४ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं । आइतबार छ हजार चार सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा ९४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ संक्रमणबाट एकको मृत्यु भएको छ । यसैगरी, चार सय १५ जना कोभिड–१९ संक्रमित निको हुनुभएको छ ।

हाल सक्रिय संक्रमितको संख्या आठ हजार पाँच सय १७ जना रहनुभएको मन्त्रालयले जनाएको छ ।