२ मंसिर २०८१, आइतबार 1731904406
Banner

संसदीय दलको नेता चयनका लागि काँग्रेसले बुधबार निर्वाचन गर्ने

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ।

कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ।

पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम छन्।

यस्तो छ निर्वाचन कार्यतालिका :

१. निर्वाचन हुने पद : नेपाली कांग्रेस संसदीय दलको नेता ।

२. मतदाता नामावली प्रकाशन : २०७९ पौष ४ गते दिउँसो २:०० बजे ।

३. मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्याउने) २०७९ पौष ४ गते २:३० बजेदेखि ३:०० बजेसम्म ।

४. दावी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने : २०७९ पौष ४ गते दिउँसो ४:०० वजे ।

५. उम्मेदवारको लागि दरखास्त : २०७९ पौष ५ गते विहान ८:०० वजेदेखि १०:०० वजेसम्म ।

६. उम्मेदवारको प्रथम नामावली प्रकाशन : २०७९ पौष ५ गते विहान १०:३० वजे ।

७. उम्मेदवारको दरखास्त उपर दावी विरोधी : २०७९ पौष ५ गते विहान ११:०० वजेदेखि ११:३० वजेसम्म ।

८. दावी विरोध उपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन : २०७९ पौष ५ गते दिउँसो १२ः०० वजे ।

९. उम्मेदवारले नाम फिर्ता लिने : २०७९ पौष ५ गते दिउँसो १२:३० वजेदेखि दिउँसो २:३० वजेसम्म ।

१०. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : २०७९ पौष ५ गते दिउँसो ३:०० बजे ।

११. मतदान : २०७९ पौष ६ गते विहान ८:०० बजेदेखि १०:०० बजेसम्म ।