५ आश्विन २०८३, सोमबार 1790053430
Banner

एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक बसिरहेको छ। 

पार्टीका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहान ८ः३० बजेदेखि केन्द्रीय सचिवालयको बैठक जारी रहेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो । 

बैठकमा नयाँ सत्ता समीकरण, समसामयिक राजनीति र पार्टीको आगामी रणनीतिबारे छलफल भइरहेको उहाँले बताउनुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ः०० बजेभित्र दाबी पेस गर्न आह्वान गरिसक्नुभएको छ ।  

एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।