१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 8:42 pm
राजनीति

जनता समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज बस्दै

सूचना प्रेस २०७९ पुस १८ सोमबार ००:००, ०६:०२ बजे १ मिनेट पढाइ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ छ । बैठक भोलि मंगलबारसम्म चल्ने सो दलले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्युनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा विहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आन्तरिक विषयमा समेत छलफल हुनेछ । यसअघि कार्यकारिणी समितिले सरकारमा सहभागीताका विषयमा पनि राजनीतिक समितिलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।