६ आश्विन २०८३, मंगलबार 1790132921
Banner

निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डको छलफल

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल भइरहेको हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरू सहभागी हुनुहुन्छ।

यस्तै सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी हुनुहुन्छ ।