२३ श्रावण २०८३, शनिबार 1786205053
Uncategorized

‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको महाधिवेशनमा अतिथिका

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको महाधिवेशनमा अतिथिका रूपमा निमन्त्रणा गरेका छन्।

उनले आज बिहान टेलिफोन गरी ओलीलाई आठौँ महाधिवेशनमा आमन्त्रण गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

तर, ओलीले आफू झापामा भएको भन्दै प्रतिनिधि पठाउने जवाफ दिएको मल्लले जानकारी दिए।

माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरिएसँगै अरू दलका नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको छ। 

काठमाडौंमा आज दिउँसो ३ बजे महाधिवेशनको उद्घाटन गरिने तय छ।