२८ भदौ २०८३, आइतबार 1789342783
Banner

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाडौं – संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ।

राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो।

माओवादी केन्द्रकी स्थायी समिति सदस्य उहाँलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।