२८ भदौ २०८३, आइतबार 1789340386
Banner

आकस्मिकबाहेकका स्वास्थ्य संस्था आज ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकबाट यस्तो निर्णय गरिएको जनाइएको छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ति आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न आज मिति २०७९ माघ २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले गरेको निर्णयानुसार मिति २०७९ माघ २९ गते आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ,” विज्ञप्तिमा उल्लेख छ ।