२८ भदौ २०८३, आइतबार 1789349394
Banner

चिकित्सक संघ र सरकारबीच सिंहदरबारमा वार्ता

काठमाडौं । देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरेको नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भएको छ। बिहान ८ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भइरहेको हो।

वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गरेका छन्। त्यसमा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालयको प्रतिनिधिहरु रहेका छन्।

चिकित्सक संघको तर्फबाट नेतृत्व डा.लोचन कार्कीले गरेका छन् भने सो टोलीमा महासचिव डा.बद्री रिजाल, डा.रुद्र मरासिनी, संघका पूर्वअध्यक्षहरुको सहभागिता छ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षार्थ खटिएका प्रहरीबाट एक जना चिकित्सक पिटिएपछि चिकित्सक संघ आन्दोलनमा उत्रिएको हो। संघले आइतबार आकस्मिक बाहेकका देशका सबै स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको थियो।