२८ भदौ २०८३, आइतबार 1789350914
समाचार

विरामीका आफन्तले वीर अस्पतालमा गरे प्रदर्शन

काठमाडौं । चिकित्सकहरूको आन्दोलनका कारण मर्कामा परेको भन्दै बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका छन् ।

वीर लगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् ।

अहिले वीर अस्पताल बाहिर आन्दोलनको विरोधमा नाराबाजी भइरहेको छ । टाढा टाढाबाट उपचारका लागि बिरामीहरूले सेवा नपाउँदा आक्रोशित बनेका हुन् ।

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो।

स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ। गंगालाल अस्पतालले आन्दोलनको अवज्ञा गर्दै बिरामीहरूलाई निरन्तर सेवा दिइरहेको छ।