१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 10:50 pm
Banner

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता

सूचना प्रेस २०७९ फाल्गुन ११ बिहिबार ००:००, १२:४४ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ प्रचण्ड र नेपालबीच भेटघाट भएको हो ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन्।