१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 7:18 pm
Banner

राष्ट्रपतिमा निर्वाचित भए जनताले अनुभुति गर्ने गरी काम गर्छु : नेम्वाङ

सूचना प्रेस २०७९ फाल्गुन १३ शनिबार ००:००, १३:५४ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराए पछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचित भएमा जनताले अनुभुति हुने गरी काम गर्ने बताउनुभएकाे छ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आफनो उम्मेदवारी दर्ता गराए पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बिगतमा राजाको सन्तानले राष्ट्रप्रमुख भएर काम गर्ने प्रचलन तोडेर जनताको छोराले राष्ट्रप्रमुख हुने भुमिका आएको जनाउँदै नेम्वाङले भन्नुभयाे, ‘निर्वाचित भएमा जनताले अनुभुती गर्ने गरी काम गर्नेछु ।’

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहनुभएकाे छ भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो रघुविर महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनुभएकाे छ ।