१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 7:18 pm
Banner

नेम्वाङलाई समर्थन गर्न नेकपा (एस)लाई एमालेको पत्र

सूचना प्रेस २०७९ फाल्गुन १३ शनिबार ००:००, १७:१९ बजे १ मिनेट पढाइ

काठमाडौं- नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीलाई पत्राचार गरेको छ ।

एमाले संसदीय दलको बैठकबाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय लिएको केही घन्टामा नेकपा (एस)लाई नेकपा एमालेले पत्राचार गरको हो ।

नेम्वाङलाई समर्थन दिन संसद्‌मा रहेका राजनीतिक दलहरूलाई पत्राचार गर्ने निर्णय सो बैठकले गरेको थियो । सोही अनुसार पत्राचार गरिएको एमालेले जनाएको छ ।