१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 7:18 pm
Banner

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सूचना प्रेस २०७९ फाल्गुन १४ आइतबार ००:००, ०७:३९ बजे १ मिनेट पढाइ

काठमाडौं : संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ। 

बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। आजको बैठकमा राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सभाध्यक्षले सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची तय भएको छ। 

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष ०७५/७६ देखि ७७/७८को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मुल्यांकन प्रतिवेदन २०७९ संसदमा पेश गर्नेछन्। 

त्यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

rastriya sava notice1677373878.JPG