१३ श्रावण २०८३, बुधबार 1785351678
Banner

बलात्कार मुद्दामा पल शाहले पाए सफाइ, आज छुट्दै

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई अभियोग दाबी नपुग्ने फैसला गरेको छ।

कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले पल शाह भन्ने पूर्ण विक्रम शाहलाई सफाइ दिएको हो।

उच्च अदालत पोखराका वैतनिक वकील विष्णुप्रसाद लम्सालका अनुसार शाहले सम्पूर्ण अभियोगबाट सफाइ पाएका छन्। अदालतले सफाइ दिएपछि अब उनी छुट्नेछन्।

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाह अब कारागार मुक्त हुने उहाँका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए। “शाहले मुद्दा जित्नुभएको छ, उहाँ भोलि रिहा हुनुहुन्छ”, वाग्लेले भने ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।