८ मंसिर २०८१, शनिबार 1732351481
Banner

नेकपा एमालेको सचिवालय बैठक सुरू

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको हो।

नयाँ सत्ता समीकरण बनेसँगै फेरिएको राजनीति कोर्षपछि सरकारमा रहने वा बाहिरिनेबारे आज निर्णय हुनसक्ने बताइएको छ। सरकारमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलसहित एमालेका ८ मन्त्री छन्।
यसअघि शनिबारको सचिवालय बैठकमा एमालेले राष्ट्रपति चुनाव (फागुन २५ सम्म) सरकारबाट नहट्ने भन्दै माओवादीसहितसँग पुस १० मा गरिएको सहमति कार्यान्वयनमा जोड दिने निर्णय गरेको थियो।

आजको बैठकमा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनेभा जानबाट अन्तिम समयमा रोकेको विषयमा पनि छलफल हुने बताइएको छ।

मन्त्रिपरिषदबाट स्वीकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिएपछि एमाले चिढिएको छ। यसबाट प्रचण्डले सरकारबाट एमालेको बहिर्गमन चाहेको चर्चा हुन थालेको छ।