५ भदौ २०८३, शुक्रबार 1787328497
Banner

सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न रास्वपाको बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय वसुन्धारामा बैठक बसिरहेको हो।

बैठकमा राष्ट्रपति निर्वाचन, चितवन २ मा हुने उपनिर्वाचन, पार्टी संगठन विस्तारलगायत समसामयिक बिषयमा छलफल हुने जनाइएको छ।

राष्ट्रपतिको निर्वाचनमा रास्वपाले के गर्छ भन्ने अहिलेसम्म कुनै निर्णय गरेको छ। यस्तै, सरकारबाट बाहिरिएपनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन रास्वापले कायमै राखेको थियो। त्यस विषयमा पनि आवश्यक निर्णय लिने एक नेताले बताए।