२७ भदौ २०८३, शनिबार 1789249182
Banner

एमालेका मन्त्रीले बुझाए राजीनामा


काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री बालुवाटार पुगेर एमालेका सबै मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका हुन्।

सोमबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

एमालेबाट मन्त्री बनेकाहरूमा उपप्रधान एवं अर्थमा विष्णु पौडेल, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा दामोदर भण्डारी, भूमिमा राजेन्द्र राई परराष्ट्रमा विमला राई पौड्याल, महिला तथा बालबालिकामा भगवती चौधरी, रक्षामा हरि उप्रेती रहेका थिए।