काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा नजाने बताएका छन् । कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै उपसभापति खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका हुन् ।
गत पुस १० गते भत्किएको गठबन्धनलाई पुनःस्थापित गर्ने संकल्प पूरा गरिएको भन्दै उनले अब कुनै कुरामा आफ्नो दाबी नभएको बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’