१८ असार २०८३, बिहिबार 1782993612
Banner

प्रदेश-१ को नाम कोशी राख्ने प्रस्तावमा कांग्रेसले लियो समर्थन फिर्ता

विराटनगर – नेपाली कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको  छ। प्रदेश-१ को नाम कोशी राख्न गरेको एमालेको प्रस्तावमा आफ्नो समर्थन फिर्ता लिएको हो ।

बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो।

प्रस्ताव दर्ता भएको केही घन्टापछि कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन्। यता माओवादी केन्द्रले भने कोशीमै मतदान गर्ने संसदीय दलको बैठकबाट निर्णय गरेको सांसद गणेश उप्रेतीले बताउनुभयो ।

पहिलाको प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएको छैन।  

प्रदेश १ को किरात लिम्बुवान सगरमाथा राख्न प्रदेश सभामा अर्को प्रस्ताव पनि दर्ता भएको छ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको छ। जनता समाजवादी पार्टीले पनि एकीकृत समाजवादीकै प्रस्तावमा समर्थन जनाएको छ।