१९ जेष्ठ २०८३, मंगलबार 1780405448
Banner

राष्ट्रपति विद्यादेवी भण्डारी भोलि दोलखा जानुहुँदै

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा जाने हुनुभएकाे छ। 

टुकी प्रदर्शनीको उदघाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बिहान ९ः३० बजे  दोलखा जाने हुनुभएकाे हाे । ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा सहभागी भएर टुकी सदस्यहरूसँग साक्षात्कार गर्न उहाँ दोलखा जान लाग्नुभएकाे संस्थाका कार्यकारी निर्देशक पुर्षाथ श्रेष्ठले जानकारी दिनुभयाे।

प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई भिडियो, फोटो, फ्लेक्सलगायत माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम छ। हाल संघमा जिल्लाभरिका ५२५ जना तालिम प्राप्त टुकी सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ।