२३ भदौ २०८३, मंगलबार 1788902619
कला/साहित्य

प्रकाश सपुतको गीतमा प्रचण्डले मुख खाेले

धनगढी- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतकाे गीत ‘पीर’काे म्युजिक भिडियाेमा भइरहेकाे विवादबारे प्रतिक्रिया दिनुभएको छ ।

माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतकाे उक्त गीतकाे म्युजिक भिडियाे युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले साेमबार धनगढी विमानस्थलमा पत्रकारसँग भन्नुभयो, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएकाे हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि नरहेकाे उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताउनुभयो । तर, याे विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क-वितर्क,पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताउनुभयो ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उहाँले बताउनुभयो ।