२१ बैशाख २०८३, सोमबार 1777952991
Banner

गठबन्धन सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन : विष्णु पौडेल

सुर्खेत – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताउनु भएको छ । यो गठबन्धनबाट देशको भविष्य नरहेको उहाँको टिप्पणी छ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘यो गठबन्धन सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन।’

उहाँले  निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि  राजनीतिक समीकरण बदलिने स्थित आएपछि  प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि ‌प्रचण्डले धोका दिनुभयो।’

उपाध्यक्ष पौडेलले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो । पौडेल सुदूरपश्चिमको अछाम जाने क्रममा सुर्खेत आउनु भएको हो ।